चन्द्रागिरिमा घरको छतबाट लडेर एक जनाको मृत्यु
आइतबार, ०४ फागुन २०८१, १२ : ३२

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ स्थित हाइभिजनमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा सैलुङ गाउँपालिका–३ घर हुने वर्ष ५२ को होमबहादुर श्रेष्ठ छन् ।
आइतबार बिहान वीरबहादुर घलेको घरको छतमा घाम ताप्ने क्रममा उनी रेलिङमा अल्झेर लडेका हुन् । उपचारको क्रममा सतुंगलस्थित एपिएफ अस्पतालमा उनको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।