आईसीसी च्याम्पियन्स ट्रफीको पुरस्कार राशिभन्दा बढी पारिश्रमिक पाउने आईपीएल खेलाडीहरू

काठमाडौँ । आठ वर्षपछि च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । च्याम्पियन्स ट्रफीको दुई संस्करणबिच यो सबैभन्दा लामो अन्तर हो । प्रतियोगिताको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी च्याम्पियन्स ट्रफीको पुरस्कार रकम पनि घोषणा गरिसकेको छ । च्याम्पियन्स ट्रफीको विजेता टोलीले करिब ३१ करोड नेपाली रुपैयाँ नगद पुरस्कार पाउने छ । यसैगरी, उपविजेता टोलीले करिब १५ करोड ५५ लाख नेपाली रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । च्याम्पियन्स ट्रफीको अघिल्लो संस्करणको तुलनामा आईसीसीले पुरस्कार राशीमा ५३ प्रतिशतले बृद्धि गरेको हो ।
तर, चर्चित फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा केही यस्ता खेलाडी पनि छन्, जसले च्याम्पियन्स ट्रफीको विजेता टोलीले पाउनेभन्दा पनि बढी पारिश्रमिक प्राप्त गर्छन् । आईपीएलको आगामी संस्करण खेल्ने ६ जना खेलाडीको पारिश्रमिक च्याम्पियन्स ट्रफीको विजेता टोलीले पाउने पुरस्कार राशीभन्दा पनि बढी रहेको छ ।
आईपीएलको आगामी संस्करण खेलेवापत भारतीय खेलाडी ऋषभ पन्तले करिब ४३ करोड २० लाख नेपाली रुपैयाँ पारिश्रमिक पाउँछन् । लखनउ सुपर जायन्ट्सले ऋषभलाई मेगा अक्सनमा यो रकमा खरिद गरेको हो । ऋषभ आईपीएलको इतिहासमै सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी पनि हुन् । अर्को आईपीएल क्लब पञ्जाब किङ्सले भारतीय खेलाडी श्रेयस ऐयरलाई ४२ करोड ८० लाख नेपाली रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको छ ।
यसैगरी, कोलकाता नाइट राइडर्सले भारतीय खेलाडी वेंकटेश ऐयरलाई ३८ करोड नेपाली रुपैयाँमा खरिद गरेको थियो । च्याम्पियन्स ट्रफीमा पहिलो हुने टोलीले भन्दा बढी पारिश्रमिक पाउने अर्का आईपीएल खेलाडी दक्षिण अफ्रिकाका हेनरिक क्लासेन हुन् ।
हेनरिक क्लासेनलाई आगामी आईपीएल खेलेवापत सनराइजर्स हैदराबादले ३६ करोड ८० लाख नेपाली रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको छ । रोयल च्यालेन्जर्स बेंगलुरुले प्रभावशाली खेलाडी विराट कोहलीलाई ३३ करोड ६० लाख रुपैयाँमा क्लबमा अनुबन्ध गरेको छ ।
यसैगरी, च्याम्पियन्स ट्रफीको विजेताले पाउने पुरस्कार राशीभन्दा बढी पारिश्रमिक पाउने अर्का आईपीएल खेलाडी वेस्ट इन्डिजका निकोलस पुरन हुन् । निकोलस पुरनलाई आईपीएल खेल्न लखनउ सुपर जायन्ट्सले ३३ करोड ६० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ