बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अष्ट्रियामा चक्कु प्रहारको घटनामा किशोरको मृत्यु, ५ घाइते

आइतबार, ०४ फागुन २०८१, १२ : १४
आइतबार, ०४ फागुन २०८१

भियन्ना । दक्षिण अष्ट्रियामा चक्कु प्रहारको घटनामा १४ वर्षिय किशोरको मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् । प्रहरीले बताएअनुसार संदिग्ध आश्रय मागिरहेका २३ वर्षका सिरियाली नागरिक हुन् ।

संदिग्धलाई घटनास्थलबाट प्रहरीले समातेका थिए । चक्कु प्रहारको उद्देश्य के हो भने स्पष्ट भइसकेको छैन । घटना स्थानीय समयअनुसार दिउँसो ४ बजे भएको थियो । 

घाइते पाँचमध्ये दुई जनाको अवस्था शनिबार साँझसम्म गम्भीर भएको भनिएको छ । घटनाको समयमा एक डेलिभरी म्यानले आक्रमणकारीलाई अरुलाई क्षति पुर्याउनबाट रोकेको प्रहरीले भनेका छन् । यी पुरुष पनि सिरियाली नै भएको बताइएको छ । डेलिभरी भ्यान चलाएर जाँदै गर्दा घटना भइरहेको देखेपछि ती पुरुषले आक्रमणकारीलाई भ्यानले ठक्कर दिएका थिए ।  

संदिग्धसँग प्रहरीले पुछताज गरिरहेको छ । अष्ट्रियाको कानून अनुसार आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन । तर उनी २३ वर्षका सिरियाली पुरुष भएको बताइएको छ । उनीसँग अस्गायी बसोबास अनुमति थियो । उनले आश्रय माग्दै आवेदन दिएका थिए । यसको नतिजा आउन बाँकी थिए । प्रहरीले यस घटनामा मर्ने किशोरको पहिचान खुलाएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप