शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा : न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा पेसी

आइतबार, ०४ फागुन २०८१, ११ : २८
आइतबार, ०४ फागुन २०८१

काठमाडौं । गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको मुद्दामा आज पेसी तोकिएको छ ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।

ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याउँदै सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपसहित अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । उनले प्रधानमन्त्रीलाई पदमुक्त गर्न रिट निवेदनमा माग गरेका छन् ।

अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारी लगायतलाई विपक्षी बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप