रुसले युरोपमाथि हमला गर्ने तयारी गरिरहेको छ : जेलेन्स्की

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली देशहरूलाई संयुक्त सेना बनाउन अपिल गरेका छन् । म्युनिख सुरक्षा सम्मेलनमा आफ्नो सम्बोधनमा जेलेन्स्कीले अमेरिकाले युरोपका मुद्दाहरूलाई अस्वीकार गर्न सक्ने र यसो भयो भने यसले युरोपको सुरक्षामा गम्भीर खतरा निम्तने आशङ्का उनले व्यक्त गरे ।
रुसले यसै गर्मीमा युरोपमाथि आक्रमण गर्ने तयारी गरिरहेको आफूले आफ्नो गुप्तचर निकायबाट थाहा पाएको जेलेन्स्कीले दाबी गरेका थिए ।
युरोपले सेना बनाउनुपर्छ
‘मलाई विश्वास छ कि युरोपले आफ्नै सशस्त्र सेना सिर्जना गर्ने समय आएको छ । इमानदार भएर भन्नुपर्दा, अब हामीहरूले यो कुरालाई अस्वीकार गर्न सक्दैनौँ कि अमेरिकाले युरोपलाई खतरा निम्त्याउन सक्ने मुद्दाहरूमा होइन भन्न सक्छ’ युक्रेनी राष्ट्रपतिले भने ।
सञ्चारमाध्यमहरूमा छापिएका खबरका अनुसार युरोपले एकताबद्ध भएर साझा विदेश तथा रक्षा नीति बनाउनु आवश्यक रहेको जेलेन्स्कीले जोड दिएका छन् । यसले अमेरिकालाई पनि युरोप आफ्नो सुरक्षाप्रति गम्भीर छ भनेर देखाउने उनको भनाइ थियो ।
पुटिनले आफ्नो सशस्त्र सेनामा डेढ लाख थप्दै गरेको दाबी जेलेन्स्कीले गरेका थिए । रुसमा हरेक हप्ता सेना भर्ती कार्यालयहरू खोलिएको पनि उनले बताए । रुसले यही गर्मी याममा प्रशिक्षण अभ्यासको बहानामा बेलारुसमा सेना पठाउने योजना बनाएको उनको भनाइ थियो ।
यो युरोपेली देशहरू विरुद्धको अभियानको सुरुवात हुनसक्ने पनि उनले बताए । नेटोको सैन्य समितिका अध्यक्ष एडमिरल गिउसेप्पे काभो ड्र्यागोनले भने आफूसँग यसबारे पुष्ट जानकारी नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय