पाकिस्तानमा भएका दुई दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु, ४५ जना घाइते

इस्लामवाद । पाकिस्तानमा छुट्टाछुट्टै दुई सडक दुर्घटनामा परी कम्तीमा १६ जना यात्रुको मृत्यु भएको छ । पाकिस्तानी पत्रिका डनले छापेको समाचार अनुसार शनिबार लाल शाहबाज कलन्दरको उर्स अघि सिन्धको सेहवान सहर तर्फ जाँदै गरेका सवारी साधनहरू आफसमा जुधेका थिए ।
सिन्धको शहीद बेनजीराबाद जिल्लाको काजी अहमद सहर नजिकै एउटा भ्यान ट्रेलरसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । अर्काे घटनामा, पाकिस्तानको पन्जाबको बुरेवाला क्षेत्रका ११ यात्रुको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । दुर्घटना खैरपुर जिल्लाको रानीपुर नजिकै भएको हो ।
काजी अहमद स्टेसन हाउस अफिसर (एसएचओ) वसीम मिर्जाले मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्दै दुर्घटना काजी अहमद नजिकै अमरी रोडमा भएको बताए । डनको रिपोर्टका अनुसार, मिर्जाले तीर्थयात्री बोकेको भ्यान जमशोरो जिल्लाको सेहवान सहरमा रहेको लाल शाहबाज कलन्दरको दरगाह जाँदै गरेको बताए । ‘तीव्र गतिमा गुडिरहेको भ्यानले पहिले गधाको गाडालाई ठक्कर दियो र त्यसपछि अगाडिबाट आउँदै गरेको ट्रेलरसँग ठोक्कियो,’ प्रहरी अधिकारीले भने ।
मिर्जाका अनुसार उद्धार टोली र प्रहरी सबैभन्दा पहिले घटनास्थल पुगेर दुई शव र घाइतेहरूलाई काजी अहमद तालुका अस्पताल लगेका थिए । केही गम्भीर घाइतेहरूलाई नवाबशाहस्थित पिपुल्स युनिभर्सिटी अफ मेडिकल एन्ड हेल्थ साइन्सेस फर वुमनमा रिफर गरिएको र यहाँ तीन जनालाई मृत घोषित गरिएको वसीम मिर्जाले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमेडियन मुनव्वर फारुकीविरुद्ध एफआईआर दर्ता, धार्मिक भावनालाई ठेस पुर्याएको आरोप
-
अनुहारमा दही लगाउँदाका यस्ता छन् नोक्सान
-
लामो प्रतीक्षापछि पृथ्वीमा फर्किने भए अन्तरिक्ष यात्री
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
पोल्यान्डका राष्ट्रपति डुडा र ट्रम्पबिच भेटवार्ता
-
१ करोड २४ लाखबाट सुरु भएको सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब रुपैयाँ पुग्यो