शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय
सुनकाे मूल्य

२ हजार ७ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आइतबार, ०४ फागुन २०८१, १० : ५६
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय  रुपैयाँ घटेको हो ।

शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँ रहेकोमा आइतबार २ हजार ७ सय रुपैयाँले घट्दै १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको हो । 

आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?