रोहित शर्माको टेस्ट करियर संकटमा, जसप्रित बुमराहलाई कप्तान बनाउने तयारी

काठमाडौँ । पछिल्लो समय टेस्ट क्रिकेटमा भारतीय टोलीका कप्तान रोहित शर्माले गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । केही समयअघि अस्ट्रेलियन भूमिमा खेलिएको बोर्डर–गावस्कर टेस्ट शृङ्खलामा पनि रोहितको प्रदर्शन निराशाजनक थियो ।
उक्त शृङ्खलामा अस्ट्रेलियाले भारतलाई ३–१ ले हराएको थियो । कप्तान रोहितले उक्त शृङ्खलामा कुल ३२ रनमात्र बनाउन सकेका थिए । उनको प्रदर्शनलाई लिएर समर्थकसँगै पूर्वक्रिकेटर र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पदाधिकारीसमेत असन्तुष्ट थिएनन् ।
भारतीय सञ्चार माध्यमका अनुसार, बीसीसीआईले निकट भविष्यमा हुने इङ्ल्यान्डविरुद्धको टेस्ट शृङ्खलामा रोहितलाई टोलीमा स्थान नदिने तयारी गरिरहेको छ । सञ्चारमाध्यमले रोहित शर्माको टेस्ट खेलजीवन संकटमा रहेको दाबी पनि गरेका छन् ।
इङ्ल्यान्ड भ्रमणका क्रममा भारतले पाँचवटा टेस्टको शृङ्खला खेल्ने कार्यक्रम छ । उक्त शृङ्खलाका लागि घोषणा हुने टोलीमा बीसीसीआईले रोहितलाई स्थान नदिने समाचारमा जनाइएको छ ।
बीसीसीआईका एक पदाधिकारीलाई उद्धृत गर्दै तयार पारिएको समाचारमा रोहितको स्थानमा तीव्र गतिका बलर जसप्रित बुमराहलाई कप्तान बनाउने तयारी भइरहेको छ । बीसीसीआईका ती अधिकारीको नाम भने समाचारमा खुलाइएको छैन ।
अहिले बुमराह घाइते अवस्थामा छन् । उनी लामो समयदेखि पिठ्यूँको समस्याबाट पीडित छन् । स्वास्थ्य भएर फर्किएलगत्तै उनलाई टेस्ट टोलीको कप्तान बनाउने तयारी अघि बढाइएको दाबी समाचारमा गरिएको छ । बोर्डर–गावस्कर शृङ्खलामा पराजित भएपछि कप्तान रोहित शर्माले भने तत्काल टेस्ट क्रिकेटबाट सन्न्यास लिने आफ्नो कुनै योजना नरहेको बताएका थिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी सिर्जनाका लागि आईएसभीजी र चीनको सांघाई हाइस्यानबिच सम्झौता
-
१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : उर्जामन्त्री खड्का
-
‘एक्सन चुनौती पुर्ण रहेछ’
-
नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव गोताखोरले टोलीले निकाल्यो
-
वैशाखमा तोकिएको महाधिवेशन गर्न रास्वपाले मरिहत्ते नगर्ने !
-
पोखरामा एसजे मोटोको क्याफे र ग्यालरी