भागदौडको घटनामा मृत्यु हुनेका परिवारलाई १० लाख क्षतिपूर्ति
आइतबार, ०४ फागुन २०८१, १० : २१

नयाँ दिल्ली । नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडको घटनापछि भारत सरकारले मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
रेलवेले क्षतिपूर्ति घोषणा गरेको हो । रेलवेका अनुसार मृतकका परिवारलाई जनही १० लाख र घाइतेको उपचारका लागि साढे २ लाख दिइनेछ ।
शनिबार राति भएको घटनामा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको आइतबार बिहान दिल्ली प्रहरीले बताएको हो ।
घाइतेहरूको लोकनायक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुरेश कुमारका अनुसार यतिबेला अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । सबैजना खतरामुक्त रहेको बताइएको छ ।
अस्पतालमा ल्याइएको १५ शवको पोस्टमार्टम सोमबार गरिने अर्का डाक्टरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
-
पहिरोले करिब ३० मिटर सडक पुरियो, सडकमा विशाल ढुंगा
-
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
-
को हुन् जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्ज ?
-
कर्णालीमा बन्दै ‘तरल नाइट्रोजन प्लान्ट’ : भवनको डीपीआर बनाउन मात्रै ४० लाख खर्च
-
मानव अधिकारका लागि खोटाङवासीको त्यो सक्रियता