महिला प्रिमियर लिग क्रिकेट : रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई हरायो

काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । दिल्ली क्यापिटल्सले शनिबार राति खेलिएको आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्यो ।
जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो स्थानमा छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले १९.१ ओभरमा अलआउट हुनुअघि एक सय ६४ रन बनाएको थियो । जवाफमा दिल्ली क्यापिटल्सले निर्धारित ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
दिल्ली क्यापिटल्सको जितमा ओपनर सफाली वर्माले ४३ रनको योगदान गरिन् । निकी प्रसादले पनि टोलीको खातामा ३५ रन थपिन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भइन् । मुम्बई इन्डियन्सका बलर हेली म्याथ्यूज र अमेलिया केरले दुई–दुई विकेट लिए ।
त्यसअघि, मुम्बई इन्डियन्सका लागि नट ब्रन्टले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी उनले अविजित ८० रन बनाएकी थिइन् । उनले केवल ५९ बलमा १३ चौका पनि प्रहार गरिन् ।
कप्तान हरमनप्रित कौरले पनि टोलीको खातामा ४२ रन थपिन् । उनले केवल २२ बलको सामना गरी तीन छक्का र चार चौका पनि हिर्काइन् । दिल्ली क्यापिटल्सकी बलर अनाबेल सथरल्यान्डले तीन र शिखा पाण्डेले दुई विकेट लिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म