जलनमा परेका विष्णु र धनराजलाई भेटेपछि चन्द्र भण्डारीले सम्झिए आफ्नो विगत

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले पोखरामा हिजो आगलागीमा परेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई अस्पतालमै पुगेर भेटेका छन् ।
कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार गराइरहेका पौडेल र आचार्यलाई भेट्न नेता भण्डारी हिजो नै अस्पताल पुगेका थिए । उनले चिकित्सकहरूसँग घटनाका बारेमा बुझ्दा खतरामुक्त रहेको थाहा पाएपछि केही राहत महशुस भएको बताएका छन् ।
नेता भण्डारीले आफ्नो परिवारमा भएको जलनको घटना स्मरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
पोखरामा पर्यटन वर्ष उद्घाटनका सिलसिलामा बेलुनमा आगलागी भएर पौडेल र आचार्यको अनुहार, टाउको, हात लगायतका विभिन्न अङ्गमा चोट लागेकै दिन फागुन ३ गते दुई वर्ष अगाडि आफ्नो घरमा जलनको घटना भएको उनले स्मरण गरे l
उनले सामाजिक सञ्जाल फेसबुकमा जीवन, आगो र पुनर्जन्म शीर्षकमा भावुक स्ट्याटस समेत लेखेका छन् । स्ट्याटसमा लेखिएको छ-' दुई वर्षअघि आजकै दिन, आगोको क्रूर लप्काले मेरी आमालाई चीर निद्रामा लग्यो। त्यो क्षणले मात्र शरीर जलाएको थिएन, आत्मा नै भस्म भएको महसुस गराएको थियो। म आफैँ पनि जलेँ—शारीरिक रूपमा, भावनात्मक रूपमा।'
नेता भण्डारी थप लेख्छन्– 'समय एक अचम्मको उपचार रहेछ। जलेका घाउहरू बिस्तारै निको हुँदै छन्, म फेरि बाँच्न सिक्दै छु। तर आजैको दिन, जलनकै कारण माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौड्यालज्यू र पोखरा महानगर प्रमुख धनराज आचार्यज्यू अस्वस्थ हुनु भएको खबरले मन फेरि भारी बनाएको छ। प्राडा शंकर राई र डा। किरण नकर्मीसँग तत्काल कीर्तिपुर अस्पताल पुगेर उहाँहरूको अवस्थाबारे जानकारी लिँदा, डाक्टर शावहरूले उहाँहरू खतरामुक्त हुनु भएको खबर दिनु भयो। यसले केही राहत महसुस गराएको छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निसीखोला क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
-
स्वास्थ्य मन्त्रालयद्वारा मिडिया ब्रिफिङ सुरु, नीतिगत निर्णयबारे जानकारी दिइने
-
‘होस्टेल ३’को ट्रेलर : रोमाञ्चक कथा र युवा उमङ्ग
-
अमेरिकाले भिसा नपत्याएपछि गायक सुजन चापागाईको अमेरिका कार्यक्रम अनिश्चित
-
रिंकु सदा हत्या प्रकरण : छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक
-
जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप : देव गुरुङ