शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

सातौँ बागमती गोल्डकप : आज एपीएफ र हानामी भिड्दै

आइतबार, ०४ फागुन २०८१, ०९ : ०१
आइतबार, ०४ फागुन २०८१

बागमती । सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा हुने खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र चितवनको हानामी बिएफसीबिच प्रतिस्पर्धा हुन लागेको हो ।

दुई टिम बिचको खेल दिउँसो २ बजे सुरु हुनेछ। आजको विजय टिमले सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका ३ टिमको सहभागिता छ । 

आगामी फाल्गुन १२ गतेसम्म सञ्चालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप