किसानलाई अनुदानमा स्याउको बिरुवा वितरण
आइतबार, ०४ फागुन २०८१, ०७ : ४२

डोल्पा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ विभिन्न जातका स्याउका बिरुवा वितरण गरेको छ । स्याउ जोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान भइ छनोट भएका कृषक समूह/सहकारी/फर्मलाई ५० प्रतिशत अनुदानमा १२ हजार छ सय बिरुवा वितरण गरिएको छ ।
स्याउ जोन प्रभाव क्षेत्र ठुलीभेरी नगरपालिका, जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको ३ र ४ का कृषकलाई गोल्डेन, रोयल, रेड डेलिसियस, रेड रिचाड जातका स्याउका कलमी बिरुवा वितरण गरेको परियोजना कार्यान्वयन एकाइका प्रमुख गोविन्दबहादुर मल्लले जानकारी दिए ।
डोल्पा स्याउ खेती र सिमी खेतीको लागि उपयुुक्त ठाउँ भएको हुँदा विशेष योजनाका साथ कार्यालयले काम गरिरहेको उनले बताए। मुड्केचुला र काइके गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागू भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागसब्जी बेचेर मासिक एक लाख आर्जन
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो