मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

आइतबार, ०४ फागुन २०८१, ०७ : १८
आइतबार, ०४ फागुन २०८१

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उद्योग, व्यापारमा तथा शेयर बजारबाट आम्दानी हुनेछ ।  लगानी गर्ने अवसर आउने तथा बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । शुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला हुनेछन् । बिहीबारबाट समय मध्यम रहेकोले खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै समय कटाउन सकिनेछ । अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तान प्रगतिमा मन रमाउनेछ । बिहीबारबाट समय मध्यम रहेको आफन्त तथा जीवन साथीसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेको छ ध्यान दिनुहोला । सोख तथा विलासिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असौम्य व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलस्य तथा अस्वस्थताले लक्ष्यमा विलम्ब हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सोमबार दिउसोसम्मको समय मध्यम रहेकोले यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । सोमबार साँझबाट समय उत्तम रहेकोले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापार, उद्योग तथा शेयरमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । अदालतबाट आउने निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले एक किसिमको उमङ्ग शरीरमा आउनेछ । सन्तान प्राप्तिको ग्रहयोग रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम एक कदम अगाडी आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मनपर्ने भोजन, उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च म"ल्याङकन हुने ग्रहयोग रहेको छ । बिहीबारबाट राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । हतारमा निर्णय लिँदा आफैलाई समस्या पर्न सक्ने तथा अरूको निम्ति प्रयोग भइनेछ । कुनै महत्वकाक्षी योजनाहरू भए केही समयको लागी थाती राख्नुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । व्यापार, उद्योग तथा शेयर बजारको लगानी फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइँमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । नयाँ कामको खोजी गर्नेहरूले नोकरीमा प्रवेश तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सोमबार दिउसोसम्मको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । सोमबार साँझबाट चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । व्यापार, शेयर बजार तथा उद्योगबाट आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागि समय फलदायी रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ । बिद्यार्थीहरुले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको सुरु र अन्तको समय राम्रो रहेकोले कृषि, पशुपालन, खाद्यान्न,गरगहनाको व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा शेयर बजारसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । राजनीतिकर्मी तथा सरकारी क्षेत्रका काम गर्नेहरूको लागि समय उत्तम रहेको छ । मंगलबर र बुधबारको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरूको भरपर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार बिग्रनेछ भने गलत सङ्गतबाट सजक रहनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विशिष्ट व्याक्तिहरुको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका विशेष रुचि बढ्नेछ भने राजनीति तथा समाजसेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । तरल पदार्थ तथा हाइड्रो पावरको लगानी फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । बिहीबारबाट समय मध्यम रहेकोले भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान्। आफन्त तथा अग्रज सँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले शैक्षिक वा धार्मिक यात्रा हुने योग रहेको छ । धार्मिक पुस्तक अध्ययन गरी ज्ञान आर्जन गर्न सकिनेछ भने धर्मसँग सम्बन्धित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । शिक्षा क्षेत्र, शेयर बजार, पहिरन तथा खाद्यान्नमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ ।आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले काम पाउने प्रशस्त सम्भावना रहेको छ । काम गर्ने ठाउँमा तपाईंको कामको प्रशंसा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सोमबार दिउसोसम्मको समय मध्यम रहेकोले सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । सोमबार साँझबाट बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र, मनपर्ने तथा बिलासी बस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरूपी निकास दिने सहमति जुट्ने योग रहेको छ । समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पाहुना लागेर कतै जाँदा आतिथ्यको सत्कार तथा सम्मान पाइनेछ । विभिन्न सहयोग तथा उपहार प्राप्तिको ग्रहयोग रहेको छ । आर्थिक रूपमा सुदृढ हुन सकिने हुनाले दैनिकी सहज रूपमा अगाडी बढ्नेछ । शेयर बजार, उद्योग तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ । मंगलबार बुधबारको समय राम्रो रहेकोले स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुँदा अरूभन्दा पछि परिनेछ । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप