सूर्यनारायणको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
आज विक्रिम संवत २०८१ साल फाल्गुन ४ गते, आईतबार । ईश्वी सन् २०२५ फेव्रुवरी १६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–चतुर्थी, ४४ घडी ४७ पला, बेलुकी १२ बजेर ३७ मिनेट उप्रान्त पंचमी । नक्षत्र–हस्त, ५१ घडी २४ पला, रातको ३ बजेर १६ मिनेट उप्रान्त चित्रा । योग–धृती, २ घडी ० पला, बिहान ७ बजेर ३१ मिनेट उप्रान्त शूल । करण–बव, बिहान ११ बजेर ३७ मिनेट उप्रान्त बालव, रातको १२ बजेर ३७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५४ मिनेट । दिनमान २८ घडी ० पला ।
आजको बार बेला
बिहान ०६ बजेर ४३ मिनेटसम्म उद्धेग बेला ।
बिहान ६ बजेर ४४ मिनेटदेखि बिहान ८ बजेर ७ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ८ मिनेटदेखि बिहान ९ बजेर ३१ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ३२ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५६ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म शुभ बेला ।
दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर ७ मिनेटसम्म रोग बेला ।
दिउँसो ४ बजेर ८ मिनेटदेखि बेलुकी ४ बजेर ३१ मिनेटसम्म उद्धेग बेला ।
बेलुकी ४ बजेर ३२ मिनेटदेखि बेलुकी ७ बजेर ३१ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बेलुकी ४ बजेर ३० मिनेटदेखि बेलुकी ५ बजेर ५४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ५ बजेर ७ मिनेटदेखि बिहान ५ बजेर ५५ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईं आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईंको नाम आउने तथा विजयको योग रहेकोछ । व्यापार, शेयर बजार र उद्योगबाट नाफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकाले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा विलाशी वस्तु प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोरा छोरीको प्रगती देख्न पाइनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकाले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, समर्थन नपाईन सक्छ । विद्यामा सफलता प्राप्त गर्न अलिक बढी नै मेहनेत गर्नु पर्नेछ । सवारी साधनको व्यापार व्यवसायमा बढी मेहनेत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । र, पनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) अर्थ उपार्जनका विभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । शेयर बजार तथा व्यापारबाट मनग्गे आम्दानी हुनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईंले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न रहनेछ । विवादित विषयहरुको नतिजा तपाईं आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ । समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । विद्या तथा प्रतिस्पर्धीहरु हार खानेछन् । परिवारका साथ रमाइलो वातावरण तथा हाँसखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ । व्यापार, शेयरबजार तथा उद्योगबाट लाभ लिन सकिनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरिको योग रहेकोछ । राजनीतिमा पद प्राप्तिको योग रहेकोछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्रपंतिमा आउन सकिनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भरपर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ । र, पनि काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दाअघि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैत्रिक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । व्यापार, उद्योग तथा शेयरबजारबाट आम्दानी बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न हुनेछ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) नोकरिमा पदोन्नती हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवन साथिको पनि सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । लगानी गरेको क्षेत्रबाट नाफा कमाउन सकिनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदिबहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरु तपाईंदेखि टाडिन सक्छन् ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । व्यापार, उद्योग तथा शेयरबजारबाट नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । राज्यपक्षबाट पद पाइने ग्रहयोग रहेकोछ भने समाजको पक्षमा काम गर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म