युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने

काठमाडौं । युक्रेन मामला सेटल तथा शान्ति वार्ताको पहल समेत साउदी अरेबियाबाट हुने भएको छ । अमेरिकी अधिकारीहरुले निकट समय मै ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरु रुसी र युक्रेनी वार्ताकारसँग भेट गर्न साउदी अरेबिया पुग्ने पुष्टि गरेका छन् । यसअघि गाजा युद्धविरामको मध्यस्तता समेत साउदी अरेबियाले नै गरेको थियो ।
अमेरिकी राष्ट्रपतित डोनाल्ड टम्पका विशेष दूत कीथ केलोङ्गले अघिल्लो वार्ता विफल भएको र त्यसमा कयौँ पक्षहरु सहभागी रहेको बताएका छन् । यसैबीच, युरोपेली नेताहरु आगामी साता युक्रेन युद्धबारे छलफल गर्न आपतकालीन शिखर सम्मेलनका लागि भेला हुने भएका छन् ।
उता, अमेरिका शान्ति वार्ताको पक्ष लिएर रुससँग अघि बढिरहेको र उसले महाद्वीप बन्द गर्ने बताइएको छ । सर किर स्टार्मरले पेरिस शिखर सम्मेलनमा भाग लिने विश्वास गएको छ । उनले युरोपले नेटोमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता औंल्याएका छन् ।
सर किर युक्रेनमा शान्ति स्थापनाका लागि एकै दृष्टिकोण एवं एउटै धारणा बनाउनका लागि अमेरिका र युरोपलाई एक साथ ल्याउन आफ्ना भूमिका देखिरहेका छन् । यसैबीच, बेलायती प्रधानमन्त्रीले यो महिनाको अन्तिममा ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्तां गर्ने र युरोपीयन नेताहरुको विचारबारे चर्चा गर्ने बीबीसीले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण