पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले बर्चस्व कायम गरेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन (४२.१९) किमी० मा केन्याली धावक विल्सन चेरियुयिटले दुई घण्टा १७ मिनेट २४ सेकेण्डमा निर्धारित दौड पूरा गरी उपाधि जितेका हुन् । उनले उपाधिसहित पाँच लाख पुरस्कार पाए । उनले यसअघि कायम रहेको केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको दुई घण्टा घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्डसमेत तोडे ।
अघिल्लो संस्करणको उपाधि जितेका जुलियस दुई सेकेण्ड पछि पर्दै दुई घण्टा १७ मिनेट २६ सेकेण्डमा दौड पूरा गरी द्वितीय बने । उनले तीन लाख पुरस्कार पाए । अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले दुई घण्टा १८ मिनेट २१ सेकेण्डमा पूरा गरी तृतीय बन्दै दुई लाख पुरस्कार पाएका छन् ।
म्याराथनतर्फ नेपाली धावक किरणसिंह बोगोटीले चौथो स्थान हात पारे । पाँचौँ स्थानमा नेपाली धावक निरोज भट्ट क्षेत्री आउँदा छैटौँ स्थानमा रिखुलालसिंह मगर, सातौँ स्थानमा दिनेश सिंह बोगोटी र आठौँ स्थानमा केन्याली धावक माइकल माथिया बन्न सफल रहे । उनीहरूले जनही क्रमशः नगद ५० हजार, २० हजार, रु १५ हजार र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।
गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री पहिलो बने । उनले दुई घण्टा ३८ मिनेट २२ सेकेण्डको समय लिए । त्यस्तै रिखुलाल मगर दोस्रो, दिनेशसिंह बोगोटी, तेस्रो, मीनराशी विक चौथो, अशोक बराम पाँचौँ, सनम गुरुङ छैटौँ र प्रितम गुरुङले आठौँ स्थान प्राप्त गरे । उनीहरूले क्रमशः जनही नगद ५० हजार, ३० हजार, २० हजार, १५ हजार, आठ हजार, ६ हजार र चार हजार प्राप्त गरे ।
पुरुष २१ किमी हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतराले एक घण्टा (९ मिनेट ७ सेकेण्डको समयमा दौड पूरा गरी पहिलो बने । उनले नगद ७५ हजार पुरस्कार पाए । नेपाली धावक सन्तोषविक्रम विष्ट एक घण्टा नौ मिनेट ५६ सेकेण्डमा दौड पूरा गरी द्वितीय बन्दै ५० हजार पुरस्कार पाएका छन् ।
यसैगरी महिला हाफ म्याराथन २१ किमी दौडमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठले एक घण्टा २० मिनेट ०३ सेकेण्डमा दौड पूरा गर्दै च्याम्पियन बनिन् । उनको पोखरा म्याराथनमा लगातार दोस्रो जित हो । त्यस्तै केन्याली धाविका स्वारोन जोनोटिक एक घण्टा २१ मिनेट सात सेकेण्डको समय लिँदै दोस्रो हुँदा एक घण्टा २३ मिनेट ०८ सेकेण्डमा दौड पूरा गरी पुष्पा भण्डारी तेस्रो र आश्मा विक चौथो र द्रोपताकुमारी कठायतले पाँचौँ स्थान हासिल गरिन् । उनीहरूले क्रमशः जनही नगद एक लाख ५० हजार,एक लाख, ७५ हजार १५ हजार पाँच हजार पुरस्कार पाए । पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथनको उपप्र्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गगरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म