बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय

बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन

आइतबार, ०४ फागुन २०८१, ०१ : ४१
आइतबार, ०४ फागुन २०८१

काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख र दोस्रो स्थानको बायर लिभरकुजेन गोलविहिन भएका छन् । शनिबार राती भएको खेलमा दुबैले गोलरहित बराबरी खेल्दै अंक बाँडे । 

निर्धारित ९० मिनेटमा ४ मिनेट अतिरिक्त थप्दा समेत दुबै टोलीबाट गोल हुन सकेन । यो सँगै २२ खेलबाट बायर्न ५५ अंक बटुलेर शीर्ष स्थानमा र लिभरकुजेन ४७ अंकसहित दोस्रो स्थानमा यथावत छन् । 

शनिबार राती भएका अन्य खेलमा बोरुसिया म्याग्लाडव्याचले युनियन बर्लिनलाई २-१ ले हराउँदा उल्सवर्गले भीएबी एटुटगार्टलाई समान २–१ गोल अन्तरले पाखा लगायो । 

बोरुसिया डर्टमण्ड भने भीएफएल बोचुमसँग २-० ले हार्‍यो । यस्तै, फ्रिबर्गले एसटी पाउलीलाई १-० ले हराउँदै महत्वपूर्ण ३ अंक बटुल्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप