ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियाल मड्रिड र दोस्रो स्थानको एटलेटिको मड्रिड दुबैलाई ठक्कर लागेको छ । शनिबार राती रियाललाई १-१ को बराबरीमा रोक्दै ओसासुनाले अंक खोस्यो ।
रियाललाई केलियन एम्बाप्पेले १५ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, पहिलो हाफअघि ३९ औं मिनेटमा जुड बेलिङ्गहमले रातो कार्ड पाएपछि १० जनामा खुम्चिएको रियाल दबाबमा आयो ।
५८ औं मिनेटमा ओसासुनाका अन्टे बुदिमिरले गोल फर्काए । त्यसपछि भने दुबै टोलीबाट गोल हुन सकेन । यस्तै, ला लिगा मै लेगानेस र डेपोर्टिभो अलाभेसले ३-३ को संघर्षपूर्ण बराबरी गर्दै अंक बाँड्दा दोस्रो स्थानको एटलेटिको मड्रिड समेत अंक बाँड्न बाध्य भएको छ ।
पाहुुना टोली सेल्टा भिगोले १-१ को बराबरीमा रोक्दै एटलेटिकोसँग अंक खोूुेसेको हो । यो सँगै ला लिगामा शीर्ष स्थानको रियाल मड्रिडको ५१ अंक हुँदा दोस्रो स्थानको एटलेटिकोको ५० अंक भएको छ भने एक खेल (२३) कम खेलेको बार्सिलोनाको ४८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै