प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
आइतबार, ०४ फागुन २०८१, ०० : ४६

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राती म्यान्सिटीले घरेलु मैदानमा न्युक्यासल युनाइटेडविरुद्ध ४-० को फराकिलो जित निकालेको हो ।
पेप ग्वार्डिवलाको म्यान्सिटीका लागि उमर मर्मोशले ह्याट्रिक गरे । १९ औं मिनेटमा पहिलो गोल गरेका उमरले ३३ औं मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् । दोस्रो हाफपछि ८४ औं मिनेटमा म्यान्सिटीका लागि जेम्स म्याक्एटीले एक गोल थपे ।
यो जितसँगै म्यान्सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उससको २५ खेलबाट ४४ अंक भएको छ । खराब प्रदर्शनका कारण चेल्सी कमजोर भएका बेला म्यान्सिटीले पुनरागमन गर्दै ठाउँ लिएको हो । एक खेल कम खेलको लिभरपुल ५७ अंकसहित शीर्ष स्थानमा छ भने आर्सनल २५ खेलबाट ५३ अंक बटुल्दै दोस्रो स्थानमा छ ।