बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय

रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु

आइतबार, ०४ फागुन २०८१, ०० : २३
आइतबार, ०४ फागुन २०८१

मध्यविन्दु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ । कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा देवचुली नगरपालिका-१६ का २९ वर्षीय केशव महतोको मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी निरीक्षक सुशील घिमिरेका अनुसार जङ्गलमा बिग्रिएर रोकिराखेको लु२ख ४१६६ नम्बरको टिपरमा ना३८प १२७५ नम्बरको मोटरसाइकल ठोक्किएको हो । गम्भीर घाइते महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिए पनि उनको ज्यान जोगाउन भने सकिएन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप