१२ बजे, १२ समाचार : दरबारमार्गमा बालेनले बिछ्याएको ग्रेनाइटको कहानीदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्यसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. ग्रेनाइटको कहानी
काठमाडौँ महानगरपालिकाले काठमाडौँको दरबारमार्गस्थित फुटपाथमा ग्रेनाइट बिछ्याउन थालेपछि अहिले यसको सर्वत्र चर्चा छ । ढुंगा छापिएको सडक पेटी भत्काएर ग्रेनाइट बिछ्याउन थालेपछि महानगरपालिकाको यो कदमको आलोचना र प्रशंसा दुवै भइरहेको छ ।
२. पेट्रोलको मूल्य
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।
३. सत्तारुढ दल बैठक
सत्तारुढ दलहरूबिच ६ फागुनमा बस्ने राष्ट्रियसभामा सरकारले जारी गरेका अध्यादेश पेस गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ दलहरूको बैठकमा ६ फागुनमा राष्ट्रियसभामा निर्णयार्थ पेस गर्ने सहमति बनेको हो ।
४. बेलुन दुर्घटना
पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन् । दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
५. पोखरा घटनापछि गृहमन्त्रीले भने
पोखरा घटनाका घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका गृहमन्त्री रमेश लेखकले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले भने, ‘यस्तो खाले बेलुन उडाउनलाई हावा राख्ने त्यो त घातक हुने रहेछ । अब यस्ता कुराहरूलाई ख्याल गर्नुपर्छ । अब यस्तो घटना नहुने गरी व्यवस्था गर्नुपर्छ ।’
६ .अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस
नेपालमा विश्व स्वास्थ्य संगठनमार्फत बच्चालाई हुने क्यान्सर उपचारका लागि ३५ प्रकारका औषधि ल्याउँदैछ । यो औषधि पाँच वर्षसम्मका लागि ल्याइने छ । सरकारले देशभरका १४ वर्ष मुनिका बालबालिकालाई हुने क्यान्सरको उपचार निःशुल्क गराउने भनेर घोषणा भएको छ ।
७. नयाँ प्रशिक्षक
नेपाल क्रिकेट संघ ९क्यान० ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । यसअघि क्यानले मुख्य प्रशिक्षक रहेका मोन्टी देसाईको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो ।
८. उपरथी ढकाल घाइते
संयुक्त राष्ट्रसङ्घको आह्वानमा लेबनानमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकमाथि प्रदर्शनकारीहरूको भीडले आक्रमण गर्दा उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् ।
९. अनि देवराली रुन्छ
‘त्यहाँनेर एउटा ऐना (मिरर) रेस्टुरेन्ट छ, त्यहाँदेखि अगाडि बढेर आउनुस्, म सडकतिरै उभिएको हुन्छु,’ तीन साताअघिको फोन संवादमा वरिष्ठ नाटककार मनबहादुर मुखियाले काठमाडौँ गौरीघाटस्थित आफ्नो घरको ठेगाना दिएका थिए ।
१०. शनिबार विशेष
११. चोर खोज्दैछौँ
दोलखाको सैलुङ गाउँपालिकामा वडा नम्बर ८ फलाम पोखरी मन्दिर परिसरबाट पुरातात्त्विक महत्त्वको घण्टी चोरी भएको छ । केही दिनअघि सो मन्दिर परिसरबाट घण्टी चोरी भएको हो । घण्टी अचानक चोरी भएपछि सरोकारवालाहरूले समेत चासो दिएका छन् । वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ सोभित उप्रेतीले संरक्षणको पर्खाइमा रहेको प्राचीन मन्दिरबाट लिच्छविकालीन इतिहास बोकेको ५०० वर्षभन्दा पनि पुराना पुरातात्त्विक महत्त्वको घण्टी हराउनु दुःखद भएको बताएका छन् ।
१२ फोटो फिचर