विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत
शनिबार, ०३ फागुन २०८१, २२ : ४४

महेन्द्रनगर । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले विद्यार्थीहरूले देश र मधेसका हरेक गतिविधि बुझी समयानुकूल परिवर्तन हुँदै जानुपर्ने धारणा राखेका छन् । आज जनकपुरधाममा विद्यार्थी जनमत सङ्घले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले विद्यार्थीहरूले देश र मधेसका हरेक गतिविधि बुझेर आफूलाई रुपान्तारण गर्दै जानुपर्ने बताए ।
‘मधेसी राजनीति गर्न नजानेकै कारण शासित बनेर बस्न बाध्य भएकाले शिक्षासँगै राजनीतिक परिवेश, अवस्था र गतिविधि बुझेर आवश्यकता अनुसार नेतृत्व तहलाई सुझाव दिनसक्ने गरी अभ्यास गर्नु जरुरी छ’, उनले भने ।
राजनीतिबाट कोही टाढा भाग्न नसक्ने बताउँदै अध्यक्ष राउतले हरेक मधेसका युवा विद्यार्थीले आफूलाई समयानुकूल बनाउन आवश्यकता अनुसार राजनीतिक गतिविधिसम्बन्धी जानकारी राख्नुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदिमा बेपत्ता
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन
-
झारखण्डमा ८ संदिग्ध माओवादी मारिएको प्रहरीको दाबी
-
काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा
-
परिवारका सदस्यलाई सैन्य कारबाहीको योजना साझा गरेपछि अर्को लफडामा अमेरिकी रक्षामन्त्री