कुम्भ मेलास्थलमा भिषण आगलागी
शनिबार, ०३ फागुन २०८१, २१ : २४

भारत । उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलाको सेक्टर १८ र १९ बीचको एक स्थानमा भिषण आगलागी भएको छ। शनिबार साँझ भएको आगलागीको कारण खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रयागराजका एडीजी भानु भास्करले आगलागीबाट कसैको मृत्यु भएको रिपोर्ट नभएको बताए । उनले भने, ‘सेक्टर १८–१९ को बीचमा एउटा धाम थियो र यहाँ मानिसहरूलाई सेवा दिइन्थ्यो। यसलाई अयोध्या लव कुश धाम भनिन्छ। सोही स्थानमा आगलागी भएको हो ।’
आगलागीको जानकारी पाउने बित्तिकै पाँच मिनेटमै दमकल र आपतकालीन सेवा घटनास्थलमा पुगेको उनले बताए। घटनास्थलमा पुगेर आगो निभाउन सकिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा
-
गणतन्त्रवादीको संयमता : समाजवादी मोर्चाको विरोधसभा शन्तिपूर्ण