यो सरकार बनेपछि निजी क्षेत्र उत्साहित देखिएको छ : ज्ञवाली

राजविराज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देश विकास र समृद्ध नेपाल निर्माणसहित मुलुकको अर्थतन्त्र सुधारका लागि स्थायी प्रकृतिको सरकार बनाइएको बताएका छन् ।
प्रेस चौतारी, सप्तरीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थायी सरकारकै लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको बताए । यसबाट निजी क्षेत्रलगायत सबै उत्साहित भएको उनको भनाइ थियो ।
‘यो सरकार बनेपछि निजी क्षेत्र उत्साहित देखिएको छ । देशमा देखिएका समस्या समाधान र समृद्ध नेपाल निर्माणका लागि यो सरकार अगाडि बढिरहेको छ । अब दुई छिमेकी मुलुकले गरिरहेको विकासबाट कसरी लभान्वित हुने र आन्तरिक स्रोतको अधिकतम प्रयोगका सवालमा समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता छ’, ज्ञवालीले भने ।
उनले मुलुकले विकास र समृद्धकै लागि सरकारले अध्यादेश ल्याएकाले ती दुवै सदनबाट पारित हुने विश्वास व्यक्त गरे । सरकारसँग पर्याप्त विकल्प रहेकाले कसैले विरोध गर्दैमा अध्यादेशमा समस्या नहुने उपमहासचिव ज्ञवालीको जिकिर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको पीडाः ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया
-
सार्वजनिक लेखा समितिमा ११४ उजुरी, छानबिन गर्न ४८ वटा छनोट
-
भोजपुरमा आगलागी, १७ घर, आठ पाली र १० गोठ नष्ट
-
स्ववियु चुनावमा स्वतन्त्र उम्मेदवारको जित, तस्बिरहरू
-
यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे दुई करोड बराबरको जग्गा दान
-
पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने