सर्लाहीमा माघ महिनामा ९५ फरार अभियुक्त पक्राउ
शनिबार, ०३ फागुन २०८१, २१ : १४

सर्लाही । सर्लाही जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीले माघ महिनाभर विभिन्न मुद्दामा फरार रहेका ९५ जना अभियुक्तलाई पक्राउ गरी अदालत समक्ष पेश गरेको छ ।
पक्राउ परेका अभियुक्तहरूमध्ये कतिपय लामो समयदेखि फरार रहेका थिए। पक्राउ परेका अभियुक्तहरूमाथि अदालतको आदेशअनुसार कैद तथा जरिवाना असुल उपर गरिएको छ । सर्लाही जिल्ला अदालतबाट जारी गरिएको आदेशअनुसार यस अवधिमा कुल ६ वर्ष, ६ महिना, ६ दिनको कैद सजाय तथा रु। १६,९४,६२९ जरिवाना असुल गरिएको छ ।
प्रहरी प्रशासनले अदालतका फैसलाहरू कार्यान्वयन गर्दै न्याय प्रणालीलाई सशक्त बनाउन निरन्तर खोजतलास तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ । साथै, फरार अभियुक्तहरूलाई खोजी गर्दै पक्राउ गर्ने अभियानलाई अझ प्रभावकारी बनाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
-
विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
-
म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
-
तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र
-
सीपीसी र माओवादी सुदुरपश्चिम प्रदेशबीच आपसी सहयोगबारे सम्झौता