जलनको उपचार प्रभावकारी र सहज बनाउने काम भइरहेको छ : स्वास्थ्यमन्त्री

काठमाडौँ । पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा बेलुनमा लागेको आगोमा परी घाइते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भेटेका छन् ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा दुवैको उपचार भइरहेको छ । मन्त्री पौडेलले चिकित्सकहरूबाट राम्रोसँग उपचार भइरहेको पाएको र कुनै कमी नल्याउनका लागि अनुरोध गरेको बताए । मन्त्री पौडेलले जलनपीडित जोकोहीको उपचार प्रभावकारी बनाउने कार्यमा आफूहरू प्रतिबद्ध रहेको भन्दै त्यसकैका लागि उपचार सेवा विस्तार र सेवा सुधार दुवै सँगै अघि बढाइरहेको बताए ।
त्यसक्रममा उनले अरू बिरामीहरूको उपचार अवस्था र अस्पतालको सेवाबारे समेत जानकारी लिएको उनको सचिवालयले जनाएको छ । पौडेलका अनुसार वीर अस्पताल अन्तर्गत ट्रमा सेन्टरमा समेत जलनका बिरामीका लागि बेग्लै वार्ड राखेर उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी खोलामा पौडी खेल्न पसेका ३ बालकको अचेत अवस्थामा उद्धार
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान
-
व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता