लेबनानमा दुई नेपाली घाइते हुनेगरी भएको आक्रमणको घटनामा २५ जना पक्राउ
शनिबार, ०३ फागुन २०८१, २१ : ०२

काठमाडौँ । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्रसङ्घको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएका छन् । उक्त आक्रमणमा दुई नेपाली शान्ति सेना घाइते भएका थिए ।
संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन् । उक्त आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका नेपाली शान्ति सैनिक चोकबहादुर ढकाल घाइते भएका थिए । युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताएको एएफपीलाई उदृत गर्दै राससले समाचार छापेको छ ।
नेपाली सेनाले भने शनिबार जारी गरेको विज्ञप्तिमा ढकाल घाइते भएको विषय मात्रै उल्लेख गरेको छ । लेबनानी प्रधानमन्त्री नवाफ सलामले आक्रमणको कडा निन्दा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि अहिले कस्तो छ म्यानमार र थाइल्याण्डको अवस्था ?
-
प्रेस सेन्टरको अधिवेशन: नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र
-
८ बर्षपछि अभिनयमा फर्किँदै सुशांक
-
अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान खेलाडी सम्मानित
-
प्रेस सेन्टरको उपमहासचिवमा लक्ष्मी आचार्य निर्विरोध
-
हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबीलाई यथाशक्य छिटो फर्छ्यौट गर्न निर्देशन