बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : बेलुन पड्किँदा मन्त्री र मेयर घाइतेदेखि सत्तारुढ दलमा सहमतिसम्म

शनिबार, ०३ फागुन २०८१, २२ : ००
शनिबार, ०३ फागुन २०८१

आज मिति २०८१ फागुन महिनाको ३ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ–

  • पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । 

  • ग्रेनाइटको कहानी

काठमाडौँ महानगरपालिकाले काठमाडौँको दरबारमार्गस्थित फुटपाथमा ग्रेनाइट बिछ्याउन थालेपछि अहिले यसको सर्वत्र चर्चा छ । ढुंगा छापिएको सडक पेटी भत्काएर ग्रेनाइट बिछ्याउन थालेपछि महानगरपालिकाको यो कदमको आलोचना र प्रशंसा दुवै भइरहेको छ । 

  • सत्तारुढ दल बैठक

सत्तारुढ दलहरूबिच ६ फागुनमा बस्ने राष्ट्रियसभामा सरकारले जारी गरेका अध्यादेश पेस गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ दलहरूको बैठकमा ६ फागुनमा राष्ट्रियसभामा निर्णयार्थ पेस गर्ने सहमति बनेको हो । 

  • बेलुन दुर्घटना

पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित  बर्न अस्पतालमा भर्ना भएका छन् । दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

  • अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस

नेपालमा विश्व स्वास्थ्य संगठनमार्फत बच्चालाई हुने क्यान्सर उपचारका लागि ३५ प्रकारका औषधि ल्याउँदैछ । यो औषधि पाँच वर्षसम्मका लागि ल्याइने छ । सरकारले देशभरका १४ वर्ष मुनिका बालबालिकालाई हुने क्यान्सरको उपचार निःशुल्क गराउने भनेर घोषणा भएको छ । 

  • नयाँ प्रशिक्षक

नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । यसअघि क्यानले मुख्य प्रशिक्षक रहेका मोन्टी देसाईको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

  • उपरथी ढकाल घाइते

संयुक्त राष्ट्रसङ्घको आह्वानमा लेबनानमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकमाथि प्रदर्शनकारीहरूको भीडले आक्रमण गर्दा उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । 

  • अनि देवराली रुन्छ

‘त्यहाँनेर एउटा ऐना (मिरर) रेस्टुरेन्ट छ, त्यहाँदेखि अगाडि बढेर आउनुस्, म सडकतिरै उभिएको हुन्छु,’ तीन साताअघिको फोन संवादमा वरिष्ठ नाटककार मनबहादुर मुखियाले काठमाडौँ गौरीघाटस्थित आफ्नो घरको ठेगाना दिएका थिए ।

  • शनिबार विशेष
  • फोटो फिचर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप