१० बजे १० समाचार : बेलुन पड्किँदा मन्त्री र मेयर घाइतेदेखि सत्तारुढ दलमा सहमतिसम्म

आज मिति २०८१ फागुन महिनाको ३ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ–
- पेट्रोलको मूल्य
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।
- ग्रेनाइटको कहानी
काठमाडौँ महानगरपालिकाले काठमाडौँको दरबारमार्गस्थित फुटपाथमा ग्रेनाइट बिछ्याउन थालेपछि अहिले यसको सर्वत्र चर्चा छ । ढुंगा छापिएको सडक पेटी भत्काएर ग्रेनाइट बिछ्याउन थालेपछि महानगरपालिकाको यो कदमको आलोचना र प्रशंसा दुवै भइरहेको छ ।
- सत्तारुढ दल बैठक
सत्तारुढ दलहरूबिच ६ फागुनमा बस्ने राष्ट्रियसभामा सरकारले जारी गरेका अध्यादेश पेस गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ दलहरूको बैठकमा ६ फागुनमा राष्ट्रियसभामा निर्णयार्थ पेस गर्ने सहमति बनेको हो ।
- बेलुन दुर्घटना
पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन् । दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
- अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस
नेपालमा विश्व स्वास्थ्य संगठनमार्फत बच्चालाई हुने क्यान्सर उपचारका लागि ३५ प्रकारका औषधि ल्याउँदैछ । यो औषधि पाँच वर्षसम्मका लागि ल्याइने छ । सरकारले देशभरका १४ वर्ष मुनिका बालबालिकालाई हुने क्यान्सरको उपचार निःशुल्क गराउने भनेर घोषणा भएको छ ।
- नयाँ प्रशिक्षक
नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । यसअघि क्यानले मुख्य प्रशिक्षक रहेका मोन्टी देसाईको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो ।
- उपरथी ढकाल घाइते
संयुक्त राष्ट्रसङ्घको आह्वानमा लेबनानमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकमाथि प्रदर्शनकारीहरूको भीडले आक्रमण गर्दा उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् ।
- अनि देवराली रुन्छ
‘त्यहाँनेर एउटा ऐना (मिरर) रेस्टुरेन्ट छ, त्यहाँदेखि अगाडि बढेर आउनुस्, म सडकतिरै उभिएको हुन्छु,’ तीन साताअघिको फोन संवादमा वरिष्ठ नाटककार मनबहादुर मुखियाले काठमाडौँ गौरीघाटस्थित आफ्नो घरको ठेगाना दिएका थिए ।
- शनिबार विशेष
- फोटो फिचर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापालाई
-
भारतको केआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए
-
आफ्नो देशको क्रिकेट बोर्डभन्दा धनी छन् न्युजिल्यान्डका यी खेलाडी !
-
२०८२ सालमा व्रतबन्धको साइत ८ दिन मात्र, विवाहको कति ?
-
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
-
प्रकृति लम्साल मृत्यु प्रकरणमा सभामुखले समय नदिएकोमा जनार्दन शर्माको असन्तुष्टि