अर्थ
पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
शनिबार, ०३ फागुन २०८१, २१ : २६

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।
इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आइतबारदेखि लागू हुनेछ ।
निगमका अनुसार नयाँ मूल्यअनुसार आइतबारदेखि काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरबाट पक्राउ परेका अमेरिकन काठमाडौँ परिसरको हिरासतमा
-
अमेरिकी प्रतिवेदनमा राप्रपाको आन्दोलनबारे चर्चा, भारतको ‘रअ’लाई प्रतिबन्ध गर्न माग
-
प्राधिकरणमा ‘खोसियो’ एमडीको अधिकार, कर्मचारी सशंकित
-
रुपन्देहीको दुर्गौलिया नाकामा कार्यरत सई ३० हजार घुससहित पक्राउ
-
ठाकुरराम क्याम्पसको स्ववियु सभापतिमा शेखर पक्षका यादवको प्यानल विजयी
-
कुलमान बर्खास्तीको विरोधमा टुकी बत्ती बालेर प्रदर्शन (तस्बिरहरू)