वैदेशिक रोजगारीको प्रलोभनमा पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य,वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का दिनेश अधिकारीले एक युवकलाई संयुक्त अधिराज्य पठाउने भनेर रु ३२ लाख ५७ हजार ठगेको उजुरी परेपछि निजलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैगरी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ का ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोकका ३९ वर्षीय दिनेश प्रसाद अधिकारीले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट रु ७१ लाख ७० हजार लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको समाचार कक्षको आजको समाचार बुलेटिनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी मूल्य उल्लेख नगरि वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
‘देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ’
-
८४ मा ६४ को जस्तै परिणाम ल्याउने गरी माओवादी अघि बढिसक्यो : पम्फा भुषाल
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’