कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएका छन् : मुख्यमन्त्री
![कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएका छन् : मुख्यमन्त्री](https://npcdn.ratopati.com/media/news/kandel_9yoyxQeyP3.png)
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका ८० प्रतिशत आयोजनाहरू कार्यान्वयनमा गइसकेको बताएका छन् । समयका आयोजना सम्पन्न गर्ने उद्देश्यसहित समयमै आयोजना कार्यान्वयनका लैजाने कुरामा सरकार सचेत रहेको उनको भनाइ छ ।
बजेट वितरण, आयोजना छनोट र सरकारी पारदर्शिता सम्बन्धी जनगुनासोहरूप्रति ध्यानाकर्षण गराउँदै शनिवार वीरेन्द्रनगरका आयोजित प्रेस चौतारीको कार्यक्रमका कँडेलले भने, ‘हामीले जे बजेट प्राप्त गरेका छौँ, त्यसको सही उपयोग र पारदर्शी वितरणमा जोड दिएका छौँ ।’
आलोचना भइरहे पनि आयोजनाहरू समयमा सम्पन्न गर्न प्रदेश सरकार कटिबद्ध रहेको कर्णालीको आर्थिक अवस्था, विकासका अवरोधहरू र पत्रकारिताको भूमिकाबारे धारणा राख्दै कँडेलले प्रदेश सरकार दिगो विकासको लक्ष्यमा अघि बढिरहेको पनि बताए ।
‘कर्णालीलाई आत्मनिर्भर बनाउन कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘सरकारले स्थानीय स्रोत साधनको परिचालन, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनाका क्षेत्रमा नीति परिवर्तन गर्दै लगानी अभिवृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेको छ ।’
मुख्यमन्त्री कँडेलले सञ्चारमाध्यमहरूले जिम्मेवार पत्रकारिता गर्दै प्रदेश सरकारका प्रयासहरूलाई समेत उजागर गर्न आग्रह गरे । उनले विकास निर्माणलाई तीव्रता दिँदै प्रदेशलाई समृद्ध बनाउने सङ्कल्पसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले नागरिकलाई उत्साह जगाउने समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु