आइतबार, ०४ फागुन २०८१
ताजा लोकप्रिय

कच्चा पदार्थको भन्सार छुट गर्न जुत्ता चप्पल व्यवसायीको सरकारसँग माग

शनिबार, ०३ फागुन २०८१, १८ : ५६
शनिबार, ०३ फागुन २०८१

काठमाडौँ ।  जुत्ता चप्पल उद्योगी व्यवसायीहरूले कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार छुटको माग  गरेका  छन् । शनिवार नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घ ११ औँ वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरूले सरकारसँग यस्तो माग गरेका हुन्।

व्यवसायीहरूले जुत्ता चप्पल बनाउने कच्चापदार्थ आयात गर्दा उद्योगी र व्यवसायीलाई फरक फरक भन्सार दर रहेको भन्दै छुट दिनुपर्ने बताए। उनीहरूले उद्योगी र व्यवसायीलाई समान भन्सार दर कायम गर्नु पर्ने बताए। सङ्घका अध्यक्ष हरि वयलकोटीले जुत्ता चप्पलको कच्चा पदार्थ आयातमा साना तथा घरेलु सबै उद्योगीहरूले आयात गर्न नसक्ने अवस्था रहेको बताए।

उनले जुत्ता चप्पल उद्योगी व्यवसायीले आयात गर्ने कच्चा पदार्थमा भन्सार छुट दिनुपर्ने बताए। उनले सरकारले स्वदेशी जुत्ता चप्पल संरक्षणका लागि कच्चा पदार्थ आयातका क्रममा हुने चोरी पैठारी रोक्न पहल गर्नुपर्ने माग गरेको पनि बताए । जुत्ता चप्पलको उद्योगका लागि नीतिगत सुधारको आवश्यकता रहेको बताए। 

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले सरकारले जुत्ता चप्पल उद्योगलाई आत्मनिर्भर उन्मुख उद्योगका रूपमा लिए पनि साना र मझौला व्यवसायीहरूको संरक्षण र प्रवर्द्धनमा अझै ध्यान पुग्न नसकेको बताए।

उनले जुत्ता चप्पलको कच्चा पदार्थ आयातमा साना तथा घरेलु उद्योगीलाई भन्सार छुट दिन माग गरे । उनले नेपालमा जुत्ता चप्पलका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने व्यवसायीहरू अझ बढी मारमा परिरहेको भन्दै सरकारले सहजीकरण गर्नुपर्ने बताए।

औद्योगिक कर्जाको ब्याज तुलनात्मक रूपमा बढ्दा व्यवसायीहरू थप समस्याका कारण जुत्ता चप्पल उद्योग विस्तारमा चुनौती थपिएको दाबी गरे । जुत्ता चप्पल उत्पादनमा आधुनिक प्रविधिको अभाव रहेको उनको भनाइ छ । उनले नेपाली जुत्ता चप्पल उत्पादनले ६५ प्रतिशत माग धानेको र नेपाल आत्मनिर्भर उन्मुख रहेको बताए।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले नेपालमा कच्चा पदार्थ उत्पादन जोड दिनुपर्ने बताए । उनले सरकारले कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार न्यून गर्नुपर्ने बताए । उनले युवालाई मुलुकमा रोक्न सरकारले जुत्ता चप्पलका उद्योग स्थापनाका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

नेपाल व्यापार सङ्घका अध्यक्ष हरि गौतमले जुत्ता चप्पल उद्योगमा लाग्ने कच्चा पदार्थमा आयातमा भन्सार छुटको व्यवस्था सरकारले गर्नुपर्ने बताए। उनले विदेशीका युवालाई मुलुकमा रोक्न सहुलियतपूर्ण कर्जा उपलब्ध गर्नुपर्ने बताए।

साना तथा घरेलु उद्योगीहरूको सिप विकास र आधुनिकीकरणका लागि दक्ष श्रमिक उत्पादनका लागि छुट्टै बजेट व्यवस्थापन गर्न पनि व्यवसायीको माग छ । आत्मनिर्भरतातर्फ उन्मुख भनिएको जुत्ता चप्पल उद्योग क्षेत्रमा सम्भावनाभन्दा चुनौती बढी देखिन थालेकाले सरकारले सहजीकरण गर्न आवश्यक रहेको व्यवसायीको भनाई छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप