मैत्रीपूर्ण फुटबल
मैत्रीपूर्ण फुटबलमा चिनियाँ टोली च्याम्पियन, तस्बिरहरू
शनिबार, ०३ फागुन २०८१, १८ : ३०

काठमाडौँ । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा चीन युनान युवा फुटबल विजयी बनेको छ । शनिबार काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा चीन युनान युवा फुटबल टोलीले नेपाली यु–२० युवा टोलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको २१औं मिनेटमा यु मोङ्घायुईको गोलमार्फत चिनियाँ टोलीले अग्रता लिएको थियो । त्यस्तै ७८औं मिनेटमा वाङ्ग बिनहानले अग्रता दोब्बर बनाए । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो । खेल अघि रंगशालामा समारोहमा ड्रायगन नाच, लायन्स नाच लगायतका चीनको सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटहरी आगलागीले उब्जाएको प्रश्नः अग्ला भवनमा आगो निभाउने उपकरण खोइ ?
-
चैत १५ को प्रदर्शनबारे के छ समाजवादी मोर्चाको निर्णय ?
-
गोप्य जानकारी चुहावटले अमेरिकामा बबाल : माइक वाल्ट्जले लिए ग्रुप च्याट लिकको जिम्मा
-
सरकारले कुलमानलाई हटाउनुको १० कारण
-
गणतन्त्रवादी र राजावादी सडकमा, ‘पर्ख र हेर’को नीतिमा रास्वपा
-
भारतमा स्तन छुनुलाई बलात्कार नमान्ने निर्णयमाथि सर्वोच्च अदालतले लगायो रोक