आइतबार, ०४ फागुन २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण फुटबल

मैत्रीपूर्ण फुटबलमा चिनियाँ टोली च्याम्पियन, तस्बिरहरू

शनिबार, ०३ फागुन २०८१, १८ : ३०
शनिबार, ०३ फागुन २०८१

काठमाडौँ । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा चीन युनान युवा फुटबल विजयी बनेको छ । शनिबार काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा चीन युनान युवा फुटबल टोलीले नेपाली यु–२० युवा टोलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको २१औं मिनेटमा यु मोङ्घायुईको गोलमार्फत चिनियाँ टोलीले अग्रता लिएको थियो । त्यस्तै ७८औं मिनेटमा वाङ्ग बिनहानले अग्रता दोब्बर बनाए । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो । खेल अघि रंगशालामा समारोहमा ड्रायगन नाच, लायन्स नाच लगायतका चीनको सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो । 

NPvCH (12)NPvCH (15)NPvCH (16)NPvCH (20)NPvCH (1)NPvCH (2)NPvCH (3)NPvCH (5)NPvCH (6)NPvCH (7)NPvCH (9)NPvCH (11)NPvCH (13)NPvCH (14)NPvCH (18)NPvCH (4)NPvCH (8)NPvCH (10)NPvCH (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप