सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्यायो : खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको आरोप लगाएका छन् । काठमाडौँमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले दुई तिहाइ बहुमत पाएको बेलामा भूमिसुधार गर्न सकिने आधारहरू रहे पनि त्यसतर्फ जान नसकेको बताएका हुन् ।
उनले वैज्ञानिक भूमि सुधार गर्नुपर्नेमा सरकारले अहिले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको जिकिर गरे । उनले कृषि क्रान्ति गर्दै कृषिलाई आधुनिकीकरणतर्फ लैजान जरुरी रहेको बताउँदै किसानले बजार नपाउने समस्याको अन्त्य गर्न जरुरी रहेको जिकिर गरे ।
खनालले भने, ‘हामीले दुई तिहाइ बहुमत पाएको बेलामा भूमिसुधार गर्न सक्थ्यौँ । वैज्ञानिक भूमि सुधार । अब अहिले हेर्नुस् त अध्यादेश ल्याएर ब्रह्मलुट मच्चाउने अध्यादेश ल्याएको छ । भूमि सुधार गर्नुको सट्टा । वैज्ञानिक भूमिसुधार गर्नुको सट्टा । यो ब्रह्मलुटको अध्यादेश हो । यस प्रकारका काम गर्न पुगिरहेका छौँ । हामी कृषि क्रान्ति गर्न सक्दैनौँ । कृषिलाई आधुनिकीकरण गर्न सकेका छैनौँ । किसानले उत्पादन त वर्षौँदेखि गरिरहेको छ । तर उत्पादन गरेको वस्तुको मूल्य पाइरहेको छैन । उसले बजार पाइरहेको छैन । त्यो कुरा सबै प्राप्त गर्न सकिन्छ । कृषिलाई व्यापक रूपले यान्त्रिकीकरण गर्न सक्छौँ ।’
उनले नेपाली भूभाग विदेशीको कब्जामा रहेको र त्यसलाई फिर्ता ल्याउने कुनै पहल हुन नसकेको बताए । समाजवादको जामा लगाउनेहरू समाजमा धेरै रहेको बताउँदै नाम मात्रैको समाजवादीले समाजवादमा नपुगिने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा