आइतबार, ०४ फागुन २०८१
ताजा लोकप्रिय
क्रिकेट

क्यानले माग्यो मुख्य प्रशिक्षकका लागि आवेदन

शनिबार, ०३ फागुन २०८१, १७ : ५७
शनिबार, ०३ फागुन २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । यसअघि क्यानले मुख्य प्रशिक्षक रहेका मोन्टी देसाईको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

सूचना अनुसार इच्छुक व्यक्तिले फेब्रुअरी २८, २०२५ सम्म आवेदन बुझाइ सक्नुपर्नेछ । आवेदकले ईसीबी/सीए लेभल ३ वा सो सरहको एक्रिडेसन हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै, पाँच वर्ष व्यावसायिक क्रिकेटमा प्रशिक्षणको अनुभव हासिल गरेको हुनुपर्ने बताइएको छ । यसमा आईसीसीको पूर्णकालीन सदस्य, फर्स्ट क्लास टोली र आईसीसी एसोसिएट टोलीको प्रशिक्षण गरेको हुनुपर्ने सर्त समावेश छ ।

476289999_947930574111421_577210750581179324_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप