अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन कक्षमा उपचार हुँदै

काठमाडौँ । पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन् । दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले प्रारम्भिक मूल्याङ्गन अनुसार दुवैको ५-६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन् । तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।
दुई जनाको उपचारमा प्रा डा विडी झा, डा प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली सामेल रहेका छन् । त्यस्तै प्रा. डा. शंकर मान राई, डा विशाल कार्की, डा. मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली र डा. प्रयुस अर्याल लगायतको आकस्मिक उपचार टोली छन् ।
रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली पनि दुई जनाको उपचारमा संलग्न रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटहरी आगलागीले उब्जाएको प्रश्नः अग्ला भवनमा आगो निभाउने उपकरण खोइ ?
-
चैत १५ को प्रदर्शनबारे के छ समाजवादी मोर्चाको निर्णय ?
-
गोप्य जानकारी चुहावटले अमेरिकामा बबाल : माइक वाल्ट्जले लिए ग्रुप च्याट लिकको जिम्मा
-
सरकारले कुलमानलाई हटाउनुको १० कारण
-
गणतन्त्रवादी र राजावादी सडकमा, ‘पर्ख र हेर’को नीतिमा रास्वपा
-
भारतमा स्तन छुनुलाई बलात्कार नमान्ने निर्णयमाथि सर्वोच्च अदालतले लगायो रोक