अध्यादेश विवाद
भूमिसम्बन्धी अध्यादेश परिमार्जन गर्न कार्यदल बनाइने
शनिबार, ०३ फागुन २०८१, १६ : ४१
-001_gofZkg4PfG.jpg)
काठमाडौँ । भूमिसम्बन्धी अध्यादेशका अन्तर्वस्तु परिमार्जन गर्न कार्यदल बनाइने भएको छ । शनिबार बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले अध्यादेशको अन्तरवस्तु परिमार्जनका लागि कार्यदल बनाउने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले जानकारी दिइन् ।
कार्यदलमा सत्तारुढ सात दलबाट एक/एक जना सदस्य रहने सहमति पनि बनेको चौधरीले बताइन् । भूमिसम्बन्धी अध्यादेश लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी नेपालले अस्वीकार गर्ने निर्णय गरेका छन् । अध्यादेशमा थप छलफल गरेर उनीहरूका माग सच्याउन कार्यदल बनाउने सहमति भएको हो ।
भूमिसम्बन्धी अध्यादेशमै विवाद भएका कारण सरकारले संसद्मा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्न सकिरहेको छैन । सरकारले ल्याएका ६ अध्यादेश १८ माघमा संघीय संसद्मा पेस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई ‘इप्पान’को आग्रह
-
इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिए, हिरेन्द्र रोकायालाई जिम्मेवारी
-
प्रधानमन्त्रीको प्रश्न: नयाँ राजनीतिक दलहरू क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरूको पछि किन लाग्नुहुन्छ ?
-
बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु
-
पाकिस्तानी सेना प्रमुखमाथि किन प्रतिबन्ध लगाउँदैछ अमेरिका ?
-
सरकारको निर्णयविरूद्ध सर्वोच्च गए कुलमान