विभिन्न स्थानमा ५ जना मृत फेला
शनिबार, ०३ फागुन २०८१, १६ : ११

काठमाडौँ । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- धनकुटा, महालक्ष्मी नगरपालिका-७ आन्द्रुङ बस्ने ४६ वर्षीया फुलमाया कार्की घर नजिकै बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-५ कुसुमघाटस्थित नारायणी नदी किनारमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ हुब्राचौर बस्ने ५८ वर्षीय सन्दीप कार्की शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- धादिङ, धुनिवेशी नगरपालिका-९ मसिने जंगलको खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, अर्जुनधारा नगरपालिका-४ गरूवा टोल बस्ने बिकाश पौडेलको खाली घरको बरन्डाको खाटमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- संखुवासभा, खाँदबारी नगरपालिका-१ बसपार्कमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन