छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
शनिबार, ०३ फागुन २०८१, १६ : ०९
![छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/bike-accident_bIiKUr8yFw.jpg)
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
- काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
- मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ स्थित सडकमा ना.४ ख २४९६ नम्बरको ट्रकले ना.१ ह ८३०८ नम्बरको अटोलाई शुक्रबार बेलुकी ठक्कर दिँदा अटोमा सवार मनहरी गाउँपालिका-६ खयरघारी बस्ने ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोका चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-१० साठीमुरेस्थित सडकमा कार्कीटारबाट सुकुटेतर्फ जाँदै गरेको बा.३ ख ५६६४ नम्बरको टिपर शुक्रबार राति दुर्घटना हुँदा टिपरमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय यम बहादुर माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपर चालक समेत ३ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
- महोत्तरी, बर्दिबास नगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीय दल बहादुर तामाङको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
- बाँके, कोहलपुर नगरपालिका-१२ स्थित सडकमा कोहलपुरबाट शमशेरगंजतर्फ जाँदै गरेको क.प्र.०२-००१ प १८८३ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालक राप्तीसोनारी गाउँपालिका-८ ओभरी बस्ने ४६ वर्षीय शेर बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ना.८ ख १६२४ नम्बरको ट्रक र चालकलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
- चितवन, भरतपुर महानगरपालिका-९ स्थित सडकमा बा.११ च ९२४३ नम्बरको कारले ना.३० प ७९३५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-९ बस्ने ५२ वर्षीय दुखिराम दराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- उदयपुर, कटारी नगरपालिका-१ नौडाँडास्थित सडकमा मिर्चैयाबाट कटारीतर्फ आउँदै गरेको प्रदेश २-०१-००३ प १३०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक कटारी नगरपालिका-७ मर्जेपुर घर भई हाल सोही नगरपालिका-४ कटारी माझीटोल बस्ने २३ वर्षीय रबिन तामाङको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानतर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु
-
१२ बजे, १२ समाचार : दरबारमार्गमा बालेनले बिछ्याएको ग्रेनाइटको कहानीदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्यसम्म
-
विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत
-
दोलखाको सैलुङमा पुरातात्त्विक महत्त्वको घण्टी चोरी, प्रहरी भन्छ– चोर खोज्दैछौँ
-
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’