राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरी गीत प्रतियोगिताको ८ औं संस्करण फागुन १७ देखि चितवनमा
![राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरी गीत प्रतियोगिताको ८ औं संस्करण फागुन १७ देखि चितवनमा](https://npcdn.ratopati.com/media/news/1739610526-wi3hg_sB77QPwEMu.jpg)
काठमाडौँ । राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगिता प्रतियोगिताको ८ औं संस्करण फागुन १७ गतेदेखि २० गतेसम्म हुने भएको छ । शनिवार चितवनमा पत्रकार सम्मेलन गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले जानकारी दिएको हो ।
फाल्गुन १७ गतेदेखि २० गतेसम्म चितवनको सुन्दरनगरी भरतपुर नगरपालिकाको वडा नं. १० स्थित वीरेन्द्र क्याम्पसको डिग्री भवनको खेलमैदानमा आयोजना हुने प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले बताए । प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रपैयाँ प्रदान गरिने बताए ।
प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताए । ८ औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगितामा पचास लाख नेपाली र नेपालीभाषी दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन