स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक : रिजाल

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा डा. रिजालले समावेशितालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका हुन् ।
उनले कुनै पनि पार्टीको बहुमतबिना राजनीतिक स्थायित्व र उत्तरदायित्वको कल्पना गर्न नसकिने बताए । निर्वाचन प्रणालीकै कारण ७४ को निर्वाचनमा नेपाली कांग्रेसले ३३ प्रतिशत मत पाए पनि जम्मा २३ सिट जितेको जिकिर गरे ।
उनले भन्, ‘मेरो पार्टी ७४ को चुनावमा हामीले प्रत्यक्षमा गठबन्धनका कारण पाएको मत सबै आफ्नो भन्न मिलेन । समानुपातिकमा हामीले ३३ प्रतिशतभन्दा बढी मत पायौँ तर प्रत्यक्षमा हामीले २३ सिट जित्यौँ । अहिले हाम्रो सात प्रतिशतले मत घटेको छ । २६ प्रतिशत मत छ, सिट जित्यो ५७, किन ? गठबन्धन गरेर । ओली र हाम्रो ७४ को चुनावमा मुस्किलले आधि प्रतिशतको फरक थियो । उहाँले ८० सिट र हामीले २३ सिट जित्यौँ किन भन्दा उहाँले गठबन्धन गर्नुभएको थियो ।’
२०१५ सालदेखि कुनै पनि पार्टीले ३८ प्रतिशतभन्दा बढी मत नल्याएको भन्दै बढी मत आएन भन्दैमा स्थिरता हुँदैन भन्ने तर्क गर्न नहुने बताए । उनले १६५ निर्वाचन क्षेत्र कायम गर्दा ६० सिट समानुपातिक प्रणालीका लागि छुट्याउनु पर्नेमा जोड दिए ।
उनले भने, ‘१५ सालदेखि आजसम्मको निर्वाचनमा कुनै पनि पार्टीले साढे ३८ प्रतिशतभन्दा बढी मत ल्याएको छैन । बढी मत नल्याएपछि बहुमत भए पनि स्थिरता हुँदैन भन्ने तर्क गर्नु भएन । सरकार उत्तरदायी नहुने समस्या त भयो नि । नेपाली काँग्रेस पूर्ण प्रत्यक्ष निर्वाचन प्रणालीमा हुनुपर्छ भन्ने पक्षमा होइन । १६५ निर्वाचन क्षेत्र कायम गर्दा ६० क्षेत्र समानुपातिक गरौँ । सजिलै चुनाव जितेर आउने मान्छेलाई समानुपातिकमा ल्याउनु हुँदैन । जसलाई निर्वाचन जित्नलाई कठिनाइ छ त्यो समुदाय आउने बाटो बन्द हुँदैन ।’
नेता डा. रिजालले ०७२ देखि तीन नेता पालैसँग प्रधानमन्त्री भएर तीन नेता एउटा पार्टी र बाँकी अर्को पार्टी जस्तो भएको व्यङ्ग्य गरे । उनले यस्तो अवस्था आउनुमा को जिम्मेवार छ भन्ने टुङ्गो लगाउन पनि निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन