सुमन श्रेष्ठ पोखरा थन्डर्सको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले आफ्नो मुख्य प्रशिक्षकका रूपमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ । क्लबले शनिबार उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षक श्रेष्ठलाई पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले नियुक्ति पत्र हस्तान्तरण गरे ।
नियुक्ति पछि बोल्दै श्रेष्ठले पोखरासँग जोडिन पाउँदा धेरै खुसी भएको बताएका छन् । उनले अब टोलीलाई सफल बनाउन आफूले सम्पूर्ण मेहनत खर्चिने बताए । ‘पोखरासँग जोडिन पाउँदा धेरै खुसी छु । लिगमा क्लबलाई उपाधि दिलाउन भरपुर मेहनत गर्नेछु,’ श्रेष्ठले भने ।
सुमनसँग दुई दशकको प्रशिक्षण अनुभव छ । उनले नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूमा लामो समय प्रशिक्षण गराएका छन् ।
प्रशिक्षक श्रेष्ठलाई क्लबमा भित्राउने कार्यक्रममा क्लबका म्यानेजमेन्ट टोलीसँगै अभिनेता अनुप विक्रम शाहको पनि सहभागिता रहेको थियो । अनुपलाई प्रशिक्षण श्रेष्ठले क्लबको जर्सी पनि हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकमा बढुवा
-
राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे