इस्तियाक राई भन्छन्, ‘भूमिसम्बन्धी अध्यादेशमाथि पछि छलफल गर्ने सहमति भयो’
![इस्तियाक राई भन्छन्, ‘भूमिसम्बन्धी अध्यादेशमाथि पछि छलफल गर्ने सहमति भयो’](https://rpcdn.ratopati.com/media/albums/mohammad_istiyak_rain_gh848zQKku.jpg)
काठमाडौँ । सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशबाहेक अरू पाँच वटा दुवै सदनबाट पास गराउने सहमति भएको सत्तारुढ मधेसी दलले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ताधारी दलहरूको बैठकले सो सहमति गरेको हो ।
भूमिसम्बन्धी अध्यादेशमा सत्तारुढ दलहरूकै बिचमा कुरा मिलेको छैन । सरकारमा रहेका दलहरूले त्यसमा असन्तुष्टि जनाइ रहेको बेला त्यसलाई छलफलमा राखेर बाँकी अध्यादेशलाई भने पास गराउने सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले बताए ।
उनले भने, ‘भूमिसम्बन्धी अध्यादेशबाहेक अरू पाँच वटा अध्यादेश पास गराउन सबै दल सहमत भएका छन् । संसद्को अगामी बैठकबाट त्यसलाई पास गराउने र त्यसपछि भूमिसम्बन्धी अध्यादेशमा रहेको असन्तुष्टिलाई सम्बोधन गरेर अगाडि बढाउने सहमति भएको छ ।’
सत्तारुढ दलको बैठकमा जसपा नेपालबाट कसैको उपस्थिति थिएन । उपत्यका बाहिर रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवसँग अध्यादेशको विषयमा बैठकबाटै फोनमा कुराकानी भएको थियो ।
उनले पनि भूमि सम्बन्धी अध्यादेशबाहेक बाँकी पाँच वटालाई पास गराउन सहमति दिएको बताइएको छ । भूमि सम्बन्धी अध्यादेशमा आपत्ति जनाएको लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर बैठकमै उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत
-
दोलखाको सैलुङमा पुरातात्त्विक महत्त्वको घण्टी चोरी, प्रहरी भन्छ– चोर खोज्दैछौँ
-
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
-
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
-
पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
-
‘प्रारम्भिक बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्छ’