कांग्रेस र एमालेले चाहँदैमा चाहे अनुसारको संविधान संशोधन हुन सक्दैन : सांसद पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले कांग्रेस र एमालेले चाहँदैमा चाहे अनुसारको संविधान संशोधन हुन नसक्ने बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधानमा रहेका असन्तुष्टिहरू अहिले आएर व्यक्त भइरहेको उल्लेख गरेका छन् । उनले अहिले आएर कांग्रेस र एमालेको दुई तिहाइ पुग्छ संशोधनको प्रयास सुरु गरौँ भनेर पहलकदमी भइरहेको बताए । उनले संविधान संशोधनका स्पष्ट बुँदाहरू बाहिर नआइसकेको पनि बताए । उनले नेपालमा अहिलेसम्म बनेका संविधानहरू संशोधन नभईकन कुनै नबाँचेको बताए । उनले संविधानलाई बचाउन पनि संशोधन आवश्यक रहेको बताए । सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रियसभाबाट पारित हुन जटिलता उत्पन्न भइरहेको बताए ।
उनले भने, ‘संविधानमा रहेको असन्तुष्टिहरू अहिले आएर व्यक्त हुन थालेका छन् । अब नेपाली काँग्रेस र एमालेलाई के लागेको छ भने दुई तिहाइ पुग्छ भने संविधान संशोधन गरौँ भन्ने छ । यद्यपि त्यसमा धेरै होमवर्क भएर संविधान संशोधनका स्पष्ट बुँदाहरू बाहिर आइसकेका छैनन् । तर कतिपय कुराहरू संशोधन गर्न सकिन्छ भनेर गर्ने भनेर लागिएको छ ।’
पन्तले भने, ‘नेपालमा जुन संविधान संशोधन भएको छैन, त्यो संशोधन नभएको संविधान बाँचेको छैन । यो संविधानलाई बचाउन पनि संशोधन आवश्यक छ । हामी रिफर्म भएनौँ भने जान्छौँ । समयानुसार परिवर्तन हुनुपर्छ । संविधान पनि त्यही हो । संविधान संशोधन त्यति साह्रै सहज पनि देखिरहेको छैन । कांग्रेस र एमालेले चाहँदैमा चाहेकै जसरी संविधान संशोधन अघि बढ्ला भन्ने कुरामा प्रश्न छ । अध्यादेशकै विषयलाई लिएर राष्ट्रिय सभाको कम्पोज्सिनलाई लिएर कुनै पास हुने र कुनै नहुने खालको स्थिति देखिएको छ । छलफल जरुरी र संशोधनको दिशातिर सर्वसहमतिले गर्ने भन्ने हो ।’
सांसद पन्तले संविधान संशोधनको बहस र छलफल आवश्यक रहेको बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?