प्रभावकारी काम गर्न सके सङ्घीयताको उद्देश्य प्राप्त हुन्छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको औचित्य र आवश्यकता महसुस हुनेगरी अझै प्रभावकारी काम गर्न सके सङ्घीयताको उद्देश्य प्राप्त हुने बताएका छन् ।
कोशी प्रदेश सरकार स्थापनाको ७ औँ वार्षिकोत्सव समारोहका अवसरमा शनिवार विराटनगरमा आयोजित कार्यक्रममा खापुङले प्रदेश सरकारले सीमित साधन स्रोतको बाबजुद राम्रो काम गरिरहेकोले यसलाई निरन्तरता दिँदै जनताको हकहितमा कार्यक्रम र योजनाहरू ल्याउन आग्रह समेत गरे । उनले प्रदेश सरकारले संविधान र कानुन अनुसार कार्य गरिरहेकाले यसलाई अझै प्रभावकारी रूपमा जनताको पक्षमा लैजान सुझाव दिए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भौतिक पूर्वाधारका साथै मानव संशाधन विकासमा कार्यक्रम र योजनाहरू ल्याउन लागेको जानकारी दिए । उनले आर्थिक स्रोतको अभावमा प्रभावकारी काम गर्न नसकिएको स्वीकार गर्दै प्रदेश सरकारले पहिलो पटक आन्तरिक आयस्रोत अभिवृद्धि गर्न प्रदेश राजस्व कार्यालय गठनको प्रक्रिया थालिएको धारणा राखे ।
त्यस्तै कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सबै राजनैतिक दलहरू मिलेर प्रदेशको विकास र उन्नतिमा काम गर्न सके कोशी प्रदेश सम्भावनाको क्षेत्र भएको जिकिर गरे । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारका ७ वर्षको उपलब्धिहरू समेटिएको पुस्तक सार्वजनिक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसिनमा आगजनीपछि ‘म्यानुअल सिस्टम’ बाट जडीबुटी कम्पनी सञ्चालनको 'होमवर्क'
-
बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित, बुधबार १ बजे बस्ने
-
‘पिताम्बर’ले ल्यायो एक्सनले भरिपूर्ण ट्रेलर
-
जसपानिकट प्रेस मञ्चको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
फेन्सी सामानसहित भन्सार छलीको गाडी नियन्त्रण
-
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न