शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

एसियन सभात च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्णसहित २२ पदक

शनिबार, ०३ फागुन २०८१, १४ : २३
शनिबार, ०३ फागुन २०८१

काठमाडौँ । भारतको दिल्लीस्थित तालकटोरा स्टेडियममा फेब्रुअरी ९ देखि १२ सम्म आयोजना भएको छैटौँ एसियन सभात प्रतियोगितामा नेपालले ४ स्वर्ण ४ रजत र १४ कांस्य गरी कुल २२ पदक जितेको छ । 

प्रतियोगितामा एसियाली राष्ट्रहरू नेपाल, इरान, उज्बेकिस्तान, चाइनिज ताइपेई, बंगलादेश, भारतलगायत देशका खेलाडीहरूले विभिन्न उमेर समूहमा असट् (लाइट कनट्याक्ट) तर्फ र  कम्ब्याट (फुल कनट्याक्ट) तर्फ प्रतिस्पर्धा गरेका थिए । 

उक्त प्रतियोगितामा लाइट कन्ट्याक्ट महिला तर्फ १२ वर्षमुनि ३३ केजीमा नेपालकी आयुशा मगरले रजत पदक जितिन् । उनले क्वार्टरफाइनलमा बंगलादेश र सेमिफाइनलमा भारतकी खेलाडीलाई पराजित गरेकी थिइन्। तर फाइनलमा भारतकै तनुजासँग पराजित भइन् । 

४३ केजीमा नेपालकी हिमांशी दुलाल क्वार्टरमा भारतकी करूना कुमारी , सेमीमा उज्बेकिस्तानकी सोलिहा र फाइनल खेलमा नेपालकी अनीशा भण्डारीलाई पराजित गरी स्वर्ण पदक जितिन् । सोही तौल समूहमा अनिशा भण्डारीले रजत जितिन् । उनले बांगलादेश र भारतकी खेलाडीलाई पराजित गरेकी थिइन् । सिनियर ५२ केजीमा आरती सिंखवालले सेमीमा र फाइनलमा भारतकै खेलाडीलाई पराजित गरी स्वर्ण पदक जितिन् ।  सोही समूहको कम्ब्याटमा भने सेमिफाइनलमा उज्बेकिस्तानकी खेलाडीसँग पराजित भई कांस्य पदकमा चित्त बुझाइन् । 

५६केजीमा सुष्मा घ्याबाले कांस्य प्राप्त गरिन् । उनी लाइट कन्ट्याक्टमा सेमिफाइनलमा भारतकी खेलाडीसँग पराजित भइन् । पुरुष १२ वर्षमुनि ३२ केजीमा वसन्त तामाङले कांस्य जिते । क्वार्टरफाइनलमा उज्बेकिस्तानको नूरालिवलाई पराजित गरेका उनी सेमिफाइनलमा उज्बेकिस्तानकै खेलाडीसँग पराजित भए । ४० केजीमा शुभम खत्रीले कांस्य जिते । उनले क्वार्टरफाइनलमा भारतका शेख माहिरलाई पराजित गरे भने  सेमी फाइनलमा भारतकै खेलाडीसँग पराजित भए । सोही तौल समूहमा नेपालकै विश्वास भट्टराईले  क्वार्टरमा भारतका हर्षलाई पराजित गरी सेमीमा नेपालकै सुन्दर पाण्डेसँग पराजित भए का थिए भने सुन्दर पाण्डे सोही समूहमा भारतलाई फाइनलमा पछि पारी स्वर्ण पदक जितेका थिए । 

५६ केजीमा प्रशांत बुढा मगरले क्वार्टरमा भारतका उत्कर्ष कालोखे लाई हराएका थिए तर सेमीमा उज्बेकिस्तानका सगीदुल्लाभसँग पराजित भई कांस्यमा चित्त बुझाए । 

६० केजीमा  विनय थापाले( रजत)  क्वार्टर र सेमीमा   भारतका रेहन र करण दीप लाई पराजित गरी भारत कै सूर्योदयसँग पराजित भए । १७ वर्षमुनि ५२ केजीमा जयराम बीके ( कांस्य) ले सेमिफाइनल मा उज्बेकिस्तान का सोबिरोवसँग पराजित भए । 

८५ केजीमा बसील त्वयनाले सेमिफाइनल र फाइनलमा भारत कै खिलाडीलाई पराजित गरी स्वर्ण पदक जीतेका थिए । कम्ब्याट ६० केजीमा प्रभु राम खत्रीले ( रजत) बंगलादेशका सोहागलाई सेमिफाइनलमा  पराजित गरी इरानका सलेह यारीसँग फाइनलमा पराजित भए त्यसैगरी कम्ब्याटतर्फ सिनियर ५६ केजीमा सुरज कार्की (कांस्य ) सेमिफाइनल मा चाइनिज ताइपेईका खेलाडीसँग पराजित भएका थिए भने ६० केजीमा मनील श्रेष्ठले क्वार्टरफाइनलमा बंग्लादेशका सोहाग लाई नकआउट गरी सेमिफाइनल मा इरानको सलेह यारीसँग पराजित भए । 

७० केजीमा  आस्तिक नकर्मी ( कांस्य) इरानका खिलाडीसँग सेमिफाइनलमा पराजित भए । कम्ब्याट तर्फ ६५केजी मा शान्त कुमार राना मगर ( कांस्य ) भारत का शिव सिंहासँग सेमिफाइनल मा पराजित भए भने असट लाइट तर्फ क्वार्टरमा भारतका अक्षय कुमार लाई पराजित गरी चाइनिज ताइपेई का लिन झे वाईसँग पराजित भई दोहोरो कांस्य पदक जीतेका छन् । 

सिनियर ७५ केजीमा सस्मन बस्नेतले लाइट असटमा कांस्य  र कम्ब्याटमा पनि कांस्य पदक जीते । उनले असट तरफ क्वार्टरफाइनलमा भारत का जगजीत सिंहलाई पराजित गरी उज्बेकिस्तानका यूलचीबोयबसँग पराजित भएका थिए भने कम्ब्याट प्रतिस्पर्धामा पनि  सेमिफाइनल मा उज्बेकिस्तानका यूलचीबोयबसँग पराजित भएका थिए । 

नेपाल साभात संघका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेत खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको भन्दै गर्व लागेको बताए । साथै उनले आगामी प्रतियोगिताहरूमा अझै उत्कृष्ट प्रदर्शन गरी देशको नाम उँचो बनाउनेमा विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप