‘दुखी आत्मा’ को सेन्सर : यूएइमा फेल, कतारमा पास
![‘दुखी आत्मा’ को सेन्सर : यूएइमा फेल, कतारमा पास](https://npcdn.ratopati.com/media/news/dukhi-atma_Wie6lwtJqx.jpg)
काठमाडौँ । नेपालमा शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दुखी आत्मा’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । हलमा फिल्म हेर्न पुगेका अधिकांश दर्शकले यसको कथावस्तु, कलाकारहरुको अभिनय, प्रस्तुति मन परेको बताए । एउटा नयाँ कथामा फिल्म बनेको भन्दै उनीहरुले सबैलाई हेर्न आग्रह गरे ।
तर, यो फिल्म युएईका दर्शकले भने हेर्न नपाउने भएका छन् । यो फिल्म युएइको सेन्सरमा पास हुन सकेन । युएइमा दुई पटक सेन्सर गर्दा पनि पास नभएकाले रिलिज हुन नसकेको निर्देशक तथा लेखक दीपेन्द्र लामाले जानकारी दिए ।
पहिलो पटक फिल्मको सेन्सर फेल भएपछि केही दृश्य काँटछाँट गर्न लगाइएको थियो । तर, दोस्रो पटक काँटछाँट गरेर सेन्सरमा लैजाँदा पनि फेल भएको निर्माणपक्षले बताएको छ । मिडिया कन्टेन्टको सिमारेखा भित्र नपरेका कारण फिल्म युएइमा पास हुन नसकेको हो । युएइमा ‘युएइ मिडिया काउन्सिलले’ फिल्म हेर्ने नियम छ ।
युएइमा फिल्म पास नभएपछि बहराइनमा पनि रिलिज नहुने पक्का भएको छ । युएइकै सेन्सरको निर्णय बहराइनमा पनि लागू हुने भएका कारण यस्तो भएको हो । तर, यो फिल्म कतारको सेन्सरबाट भने पास भएको छ । विना काँटछाँट फिल्म कतारको सेन्सरबाट पास भएको हो । कतारमा शुक्रबारबाट नै फिल्म लागिरहेको छ ।
दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई लगायतका कलाकारहरुले अभिनय गरेको यो फिल्मले ‘इडी’ रोग लागेका पुरुषहरुको कथा भन्छ । हिमाल कडरिया निर्माता रहेको फिल्ममा सुदिप ढकाल कार्यकारी निर्माता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत
-
दोलखाको सैलुङमा पुरातात्त्विक महत्त्वको घण्टी चोरी, प्रहरी भन्छ– चोर खोज्दैछौँ
-
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
-
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
-
पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
-
‘प्रारम्भिक बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्छ’